२१ जेठ २०८३, बिहीबार

नवलपरासीमा तनाव, राजपाका जिल्ला संयोजकसहित १८ जना पक्राउ

कात्तिक २०, २०७४
नवलपरासीमा तनाव, राजपाका जिल्ला संयोजकसहित १८ जना पक्राउ
काठमाडौं, ३ असार - नवलपरासीका विभिन्न स्थानबाट प्रहरीले आन्दोलनरत राजपाका जिल्ला संयोजकसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।tanaw
भोलिका लागि तय गरिएको मनोनय दर्तामा अवरोध पुर्याउन सक्ने सम्भावनालाई ध्यानमा राखेर राजपाका जिल्ला संयोजक पुरन चौधरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक मुकुर्जी गिरीसहित १८ जना पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
राजपाले जिल्लाका ३ नगरपालिका र गाउँपालिकामा तय गरिएको मनोनय दर्ता कार्यक्रम विथोल्न सम्बन्धित निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । भने कपिलबस्तु र रुपन्देहीका स्थानीय तहमा पनि त्यस्तै कार्यक्रमको तय गरेको छ ।
आजै नवलपरासीको परासीमा चुनाव विरोधी कार्यक्रममा भएको प्रहरीसँगको झडपमा गोली चल्दा ४ राजपाका कार्यकर्ता घाइते भएका थिए ।
यसैबीच राजपाका शीर्ष नेताहरु नवलपरासीको विरोध कार्यक्रमपछि भैरहवा पुगेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्