२९ असार २०८३, सोमबार

नेपालमा ७ लाख ५४ हजार कोरोना संक्रमणमुक्त

नेपालमा ७ लाख ५४ हजार कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा १३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ नमूना परीक्षणमध्ये १०३६ पीसीआर र २९४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ७५ हजार ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५३ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ८३० जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ५४ हजार पुगेको छ । 

हाल मुलुकभर २१ हजार ५२४ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्