२१ जेठ २०८३, बिहीबार

क्यानडाको आमनिर्वाचनमा सत्तारूढ दल विजयी, बहुमतबाट भने टाढै

असोज ५, २०७८
क्यानडाको आमनिर्वाचनमा सत्तारूढ दल विजयी, बहुमतबाट भने टाढै

क्यानडामा सोमवार सम्पन्न आमनिर्वाचनमा सत्तारूढ लिबरल पार्टीले लगातार तेस्रोपटक विजय हासिल गरेको छ । 

तर उसले बहुमत चाहिँ ल्याउन सकेन । 

लिबरल विजयी भएपछि एरिन ओ टूलको नेतृत्वमा रहेको कन्जर्भेटिभ पार्टीको भविष्य अन्योलमा छ । उनले हार स्वीकार गरेका छन् । 

क्यानडाको संसदमा कुल ३३८ सीट छन् । अहिलेसम्म लिबरलले १५५ सीट जितेको वा अग्रता हासिल गरेको छ भने कन्जर्भेटिभहरू १२१ सीटमा विजयी वा अग्रताको स्थितिमा छन् । 

प्रधानमन्त्री जस्टिन ट्रुडोले विजयी सम्बोधनमा बताए, ‘अहिलेको समयले वास्तविक तथा महत्त्वपूर्ण परिवर्तनको अपेक्षा गरेको छ । तपाईंहरूले यस संसद् र सरकारलाई स्पष्ट दिशा दिनुभएको छ ।’

तर समयभन्दा दुई वर्षअगावै निर्वाचन गराएका ट्रुडोले कठिन प्रश्नहरूको उत्तर दिनुपर्नेछ । 

निर्वाचन अभियानका लागि जम्मा ३६ दिन उपलब्ध थियो । अफगानिस्तान संकट, कोभिडका केसहरूमा वृद्धि तथा राजनीतिक ध्रुवीकरणका बीच निर्वाचन अभियान चलेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्