३१ जेठ २०८३, आइतबार

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा माधव नेपालले पेश गरे राजनीतिक प्रतिवेदन

नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा माधव नेपालले पेश गरे राजनीतिक प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

मंगलवार शुरू भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । 

बैठकमा अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराइएको पनि उनले जानकारी दिए । 

‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरू जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरूलाई सनाखत गरिएका बाहेक थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराएका छौँ,’ उनले भने, ‘यस पश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । भोलि बिहान १० बजेसम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक भोलि (बुधवार) पनि बस्ने उनले जानकारी दिए । बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उनको भनाइ छ । आवधिक कार्ययोजना बनाई तीन महिने अभियान चलाएर देशभर पार्टी सुदृढीकरण र पार्टीलाई पुनर्जागृत गरिने योजना रहेको उनले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्