२२ जेठ २०८३, शुक्रबार

गाईको बाछो काटेको आरोपमा चार जना पक्राउ

गाईको बाछो काटेको आरोपमा चार जना पक्राउ

गाईको बाछो काटेको आरोपमा रसुवा नौकुण्ठ गाउँपालिका-२ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचनसहित ४ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । 

तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा फुयेलचोक चौताराको खोलामा गाईको बाछो काटिरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुको टोली खटिएको थियो । बाछो काटिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्