२१ जेठ २०८३, बिहीबार

सबैभन्दा तागतिलो फल, खानेबित्तिकै शरीरमा आउँछ स्फूर्ति !

असोज ६, २०७८
सबैभन्दा तागतिलो फल, खानेबित्तिकै शरीरमा आउँछ स्फूर्ति !

फल र सब्जी सेवन स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । यिनको सेवनपछि हाम्रो शरीरमा आवश्यक पोषकतत्व, आइरन, मिनरल्स पाइन्छ । फल र सब्जी हाम्रो शरीरलाई रोगको संक्रमणबा टाढा राख्नछन् । ​​​

फल र सब्जीको सेवन नगर्नाले पनि हाम्रो शरीरमा कैयौं रोगले सहजै आक्रमण गर्न सक्दछन् । फल भिटामिनको सबैभन्दा राम्रो स्रोत हो । जसमा हाम्रो इम्युन सिस्टम बलियो पार्ने आवश्यक तत्व हुन्छन् । ​

आज हामी यस्तै एक फलको बारेमा बताउँदैछौं । जसलाई विश्वकै सबैभन्दा तागतिलो फल मानिन्छ । यो फल हाम्रो देश नेपालमा पनि पाउँछ । यसलाई खानेबित्तिकै शरीरमा गजबको स्फूर्ति आउने चिकित्सक बताउँछन् । 

भिटामिन–सीको राम्रो स्रोत

विश्वकै सबैभन्दा तागत दिने फलको नाम हो किवी । किवी हल्का पहेँलो, खस्रेदार, आयताकारढा रुपमा हुन्छ । यसमा भिटामिन–सी भरपुर मात्रामा पाइन्छ । एक फलको वजन ४० देखि ५० ग्रामसम्म हुन्छ । 

आँखाको तेज बढाउने 

किवी सेनले आँखासम्बन्धी बिरामीलाई पनि नियन्त्रण गर्दछ र आँखाको तेज बढाउने काम पनि गर्दछ । किवीको सेवनले शरीरका जार्नीमा हुने दुखाई पनि कम गर्दछ । 

पाचनतन्त्र सक्रिय बनाउने 

किवीले शरीरको पाचनतन्त्रमा पनि सुधार ल्याउँछ । र पेट सम्बन्धी बिरामीबाट पनि मुक्ति दिलाउँछ । किवीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जो पेटको ग्यास, अपच, एसिडिटी आदी समस्यालाई जरैदेखि खतम गर्न सक्षम हुन्छ । 

अनिद्राको समस्याबाट मुक्ति

दैनिक बिहान–बेलुका किवीको सेवनले निद्रा नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ । साथै व्यक्तिलाई दैनिक आरामदायी निद्राका लागि पनि सहयोग गर्दछ । 

मुटुको समस्या घटाउँछ 

किवी फलको बिउबाटल बनेको तेलमा औसत ६२ प्रतिशत अल्फा–लिनोलेनिक एसिड हुन्छ । जो ओमेगा–३ फ्याटी एसिड हुन्छ । यो फलको सेवनले प्रोविटामिन–ए बीटा क्यारोटिन, ल्यूटिन र जीएक्सेथिन पाएन्छ । जो मुटुको समस्या निधानका लागि सहयोगी बन्दछन् । 

एन्टीअक्सिडेट्सको पूरा मात्रा 

भिटामिन सीले भरपुर किवीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेट्स पनि पाइन्छ । जसले कैयौं तरिकाका इन्फेक्सनबाट बचाउँछ । 

कोलोस्ट्रोलको लेवनमा कमी 

किवी कोलोस्ट्रोल नियन्त्रणका लागि सहायक मानिन्छ । यसको नियमित सेवनले शरीमा राम्रो कोलेस्ट्रोलको मात्रा बढ्छ । यसबाट पनि मुटुसँग जोडिएका कैयौं समस्या निदान गर्नका लागि सहयोगी बन्दछ । 

    salt training

    कमेन्ट गर्नुहोस्