
प्रतिनिधि सभाबाट बजेटसँग सम्बन्धित पूरक विधेयकहरु आज पारित हुँदैछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बावजुद असोज ४ गते प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भइसकेको छ ।
प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाले स्वीकृत गरिसकेको छ ।
बिहीवार दिउसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने संभावित कार्यसूची छ ।
बिहीवार नै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।
बिहीवारको बैठकमा विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने संवैधानिक व्यबस्था छ ।
माधव नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै नेकपा एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अबरुद्ध गर्दै आएको छ ।
तर, एमालेको अवरोध र नाराबाजीका बाबजूद सभामुख अग्नि सापकोटाले सदनको कार्वाही अगाडि बढाउँदै आएका छन् ।