![उडिरहेका २ विमान आकाशमै ठोक्किएर आगो लाग्यो तर अचम्म ! सबै यात्रु जिउँदै [भिडियो]](https://lktcdn2.prixacdn.net/media/air_Qx3oNdVXzc.jpg)
आकाशमा उडिरहेको २ विमान एकअर्कासँग ठोक्किएर आगो लागेपछि पनि सबै यात्रु जिउँदै रहेको कुरा पत्याउन गाह्रो गर्छ । तर यस्तो चमत्कार भएको भिडियो नै सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो सन् २०१३ को हो । विस्कन्सिनको लेक सुपरियर क्षेत्रमा स्काई ड्राइभिङका क्रममा दुर्घटना भएको थियो ।
स्काई ड्राइभिङमा २ विमानले सँगसँगै उडान भर्ने भएकाले उडिरहेका बेला दुर्घटना हुन गयो । लगत्तै एउटा विमानमा आयो लाग्यो तर विमानमा रहेका सबैले हामफाले ।
सौभाग्यको कुरा के थियो भने सबै यात्रुको प्यारासुट खुल्यो र सुरक्षित जमिनमा अवतरण गरे । त्यतिबेला खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
ट्विटरमा हेर्नुहोस् भिडियो –
THIS SOME OF THE WILDEST SH*T EVER CAUGHT ON CAMERA 😳😳 pic.twitter.com/IpBo1VAXKD
— Theory🥴 (@Idontknowyoucuh) September 21, 2021