१३ असार २०८३, शनिबार

नारायणहिटी दरबारमा ‘म राजा बन्छु’ भन्दै खुकुरी उठाएका थिए खीमबहादुरले

नारायणहिटी दरबारमा ‘म राजा बन्छु’ भन्दै खुकुरी उठाएका थिए खीमबहादुरले
फाइल तस्वीर।

नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच फुटाउन खोज्ने पश्चिम रुकुमका खीमबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

उनी बिहान १० बजे टिकट काटेर २ ठाउँमा सुरक्षा जाँचपछि संग्रहालय छिरेका थिए । 

संग्रहालयको अरू ठाउँको अवलोकन गरेपछि श्रीपेच भएको कक्षमा रुकुम पश्चिम मुसिकोट–११ का खीमबहादुर दायाँ छेउमा भएको खुकुरी भएको सिसा फुटाए । खुकुरी झिकेर ‘म राजा बन्छु’ भन्दै श्रीपेच भएको ठाउँमा जान लाग्दा सुरक्षाका लागि खटिएका नेपाली सेनाका सुरक्षा गार्ड र संग्रहालयका कर्मचारीले नियन्त्रणमा लिएको नारायणहिटी दरबार संग्रहालयका प्रवक्ता बुद्धि गुरुङले लोकान्तरलाई जानकारी गराए ।

‘दायाँ साइडमा भएको खुकुरी भएको सिसा मुड्कीले फुटाएर श्रीपेच भएको ठाउँमा आउन खोज्दै गर्दा सेक्युरिटीले नियन्त्रण्मा लिनु भएको हो,’ गुरुङले भने ।

उनका अनुसार श्रीपेचमा ५ जना सुरक्षाकर्मी, बाहिरी घेरा, सिसाको घेरा र सेन्सर जडित सुरक्षा भएकाले जो कोहिले हात हाल्न सक्दैनन् ।

संग्रहालयले पक्राउ परेका घर्तीलाई आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि महानरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएको प्रवक्ता गुरुङले बताए ।

‘उद्देश्य के थियो ?  किन हात हाल्यो ? योजना के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ,’ प्रवक्ता गुरुङले लोकान्तरसँग भने ।

सिसा फुटाउँदा उनको हातमा चोट लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्