२३ असार २०८३, मंगलबार

जनकपुर–जयनगर रेल्वे संचालनका लागि उपसभापति निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

जनकपुर–जयनगर रेल्वे संचालनका लागि उपसभापति निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल संचालनका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ भेटेर उपसभापति निधिले रेलवे संचालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री देउवासँग निधिले नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यबस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेका थिए।

उनले भारत सरकारको सहयोगमा बनेको रेल्वे संचालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसकेको स्मरण गराउँदै लामो समय संचालनमा नआउँदा बिग्रने अबस्थामा पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

कांग्रेस उपसभापति निधिका अनुसार भेटमा प्रधानमन्त्री देउवाले जनकपुर–जयनगर रेल्वे संचालनको तयारी अघि बढाउनु पर्नेमा आफू सकारात्मक भएको भन्दै तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्