०३ असार २०८३, बुधबार

शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

असोज ९, २०७८
शान्ति स्थापनार्थ नेपाललाई उच्चपद सुनिश्चित गर्न परराष्ट्रमन्त्रीको आह्वान

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
    
त्यस अवसरमा उनीहरूबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवद्र्धनलगायत साझा चासो र अन्य विषयमा विचारविमर्श भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

शनिवारै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसंघबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।

मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसंघीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आह्वानलाई पुनः मुखरित गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्