२५ असार २०८३, बिहीबार
एमालेको विधान महाधिवेशन

विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भने– 'एमालेविरुद्ध घेराबन्दीको नयाँ शृंखला शुरू भएको छ'

विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भने– 'एमालेविरुद्ध घेराबन्दीको नयाँ शृंखला शुरू भएको छ'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् ।

नेकपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए ।

'नेकपा एमालेविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको छ । मुलुकको भविष्य जोखिममा परेको छ । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालई परास्त गर्दै समाज निर्माण गर्ने जिम्मा हामीमाथि छ,' ओलीले भने ।

केही नेता संगठनात्मक अराजकता र फूटलाई प्रश्रय दिँदै पार्टीबाट बाहिरिए पनि एमाले नेकपाकै निरन्तरता भएको ओलीले जिकिर गरे ।

'सीमित व्यक्तिको निहीत स्वार्थका कारण (एमाले र माओवादीको) एकता निष्कर्षमा पुगेन । सर्वोच्चको फैसलाले नै पूर्ववत अवस्थामा पुर्‍याइदिएपछि एमालेका रूपमा क्रियाशील भएका छौं,' ओलीले भने, 'एमाले नेकपाको निरन्तरता सहितको सकारात्मक विरासत बोकेको पार्टी हो ।'

ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । यसपछि महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

 

salt training

कमेन्ट गर्नुहोस्