२५ असार २०८३, बिहीबार

एमालेको विधान महाधिवेशनलाई व्यवस्थित बनाउन ५ कमिटी गठन, कुन कमिटीमा को ?

एमालेको विधान महाधिवेशनलाई व्यवस्थित बनाउन ५ कमिटी गठन, कुन कमिटीमा को ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन असोज १५ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । महाधिवेशनमा तीन वटा दस्ताबेज छलफलका लागि प्रस्तुत भएको छ । राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव प्रतिनिधिहरू सामु पेश भएको हो ।

यस्तै महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न कमिटीहरु गठन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनमा प्रस्तुत दस्तावेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोलि बिहान ८ बजेदेखि दस्तावेजमाथि समूहगत छलफल हुने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

कुन कमिटीमा को–को ?
१ अध्यक्ष मण्डल
अध्यक्षः केपी शर्मा ओली
सदस्यहरुः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा ।
२ प्रस्ताव मस्यौदा कमिटी
भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा। राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी ।
३ सुझाव अध्ययन कमिटी
शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा। बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा। शिवमाया तुम्बाहाम्फे ।  
४ बहस नोट कमिटी
मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर ।
५ प्रचार समन्वय कमिटी
योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा ।

salt training

कमेन्ट गर्नुहोस्