३० असार २०८३, मंगलबार

माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार

माधव नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको  छ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत उनको स्वास्थ्यमा आज उल्लेख्य सुधार भएको सचिवालयले जनाएको हो ।

उनको  रगत परीक्षणको रिपोर्ट सहित स्वास्थ्यका सबै सूचकहरू सकारात्मक सहेको भन्दै सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार भेटघाट भने बन्द गरिएको जनाएको छ ।

स्वास्थ्यमा केही समस्या देखिएपछि उनी असोज १३ गते बेलुकादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

salt training

कमेन्ट गर्नुहोस्