२० असार २०८३, शनिबार

संविधान संशोधन पारित नभए चुनाव गर्न नदिने मोर्चाको निर्णय

कात्तिक २०, २०७४
संविधान संशोधन पारित नभए चुनाव गर्न नदिने मोर्चाको निर्णय
काठमाडौं, १५ पुस–मधेसी मोर्चाले संविधान संशोधन विधेक संसदबाट पारित नभए चुनाव गर्न नदिने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले संशोध विधेयकसंसदबाट पारित नभएसम्म चुनाव गर्न नदिने निर्णय गरेको हो । मोर्चाले १८ गते काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

सत्तारुढ कांग्रेस, माओवादी र विपक्षी नेकपा एमालेसहितका दलका छलफल चुनाव गर्ने तर्फ केन्द्रीत भइरहेको बेला मोर्चाले संशोधन पारित नभएसम्म चुनाव गर्न नदिने निर्णय गरेको हो । मोर्चाले सरकारलाई चुनावको मिति घोषणा गर्नु अघि नै संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त अघि सारेको हो ।

मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै प्रचण्ड नेतृत्वको सरकारले एक महिना अगाडि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको भएपनि विपक्षी दलहरुको निरन्तरको अवरोधले संसद बैठक बस्न सकेको छैन् । विपक्षी दलले संशोधन जनताको हित विपरित भएको भन्दै विरोध गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्