२९ असार २०८३, सोमबार

एमालेको विधान महाधिवेशनको तेस्रो दिन : पाँच वटा समूहको सुझावपछि ओलीले जवाफ दिने

एमालेको विधान महाधिवेशनको तेस्रो दिन : पाँच वटा समूहको सुझावपछि ओलीले जवाफ दिने

नेकपा एमालेको विधान महाधिवेशनको तेस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली लगायत तीन नेताले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिँदैछन् । 

महाधिवेशनमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नको तीनै जना नेताहरुले जवाफ दिने कार्यक्रम रहेको विधान महाधिवेशन व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले बताए ।

विहान ८ बजेबाट तेस्रो दिनको प्लेनरी बोलाइएको छ । आज पाँच वटा समूह छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । तीन वटै दस्तावेजमाथि छलफलको लागि १० वटा समूह बनाएकोमा पाँच वटा समूहले शनिबार नै निष्कर्ष र सुझाव प्रस्तुत गरिसकेको छ । 

आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, जनसंगठन प्रदेश र विशेष समूहको छलफलको निश्कर्ष महाधिवेशन हलमा प्रस्तुत गर्ने कार्यक्रम छ । 

सबै समूहले छलफलको  निष्कर्ष र सुझाव प्रस्तुत गरेपछि अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले सहभागीले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको तामाङले बताए । 

त्यसपछि तीन वटै दस्तावेज पारित गरेर आज विधान महाधिवेशन समापन हुने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्