
टिभियस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना सम्पन्न गरेको छ ।
यो राइड असोज १६ गते शनिबारको दिन नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो ।
राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसकाशोरुमहरुकाविव्रmेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो ।
भेन्युमा पुगे लगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो ।
यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएकामध्यचुनिएकाएनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएनक्लबको गठन गर्नु थियोे । यसले सबै राइडरहरुलाई एकअर्का संग जुड्नकालागी र आफ्नो एनटर्किएन अनुभव एकअर्कासँग बाडँ्न मद्दत गरेको छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइनदर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अप्नाएर र नेपाल सरकारको अनुमति लिएर आयोजना गरिएको थियो ।
जगदम्बा मोटर्सप्राइभेट लिमिटेडका उपाध्यक्षश्री दीपक अग्रवालले भने, “हामीहाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदाअत्यन्तै खुशी छौं र सबै एनटर्कियन राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । एनटर्कियनहरुले हामीमाथि गर्नुभएको विश्वास र यति धेरै उत्साहितयुवाहरुको यस राइडमा उपस्थिति रहेको देख्न पाउँदा म एकदमै हर्षित छु । म आशागर्दछु कि हामीले यो कार्यव्रmम आयोजनागर्दा जति रमाइलो अनुभवगर्यौ एनटर्कियनराइडरहरुले पनि यस राइडमात्यति नै रमाइलो अनूभूति गर्नुभयो । हामीहाम्राग्राहकहरुको लागी सबै भन्दाउच्च स्तरकोसेवाप्रदान गर्नमा दृढ विश्वास गर्दछौं। राइडरहरुलेहामीेप्रति देखाउनु भएको उत्साहले हामीलाई स्वर्ण मापदण्डहरु सेट गर्न तथातिनीहरुलाई सफलपार्न प्रेरित गरेको छ।”