२२ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश

माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश

माछापुच्छ्रे बैंक लि. २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ । 

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आइतवार अन्तिम दिन रहेको छ ।  

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ(कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको  क्यास ब्याक पाइनेछ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ । 

डेबिट र  क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सकिनेछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्