०६ साउन २०८३, बुधबार

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको शुरू

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको शुरू

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको शुरूवात गरेको छ ।

बैंकले आफ्ना  बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो । 

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अप्वाइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको बैंकले जनाएको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् ।

यस स्तरोन्नत्तीसंगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्