
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट स्रोत नखुलेको २२ लाख ९१ हजार ८०० रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।
बुद्धभूमि नगरपालिका-९ धमौली बस्ने २२ वर्षीय जीवनप्रसाद भुसाललाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट एक हजार, ५०० र १०० सय दरका नोटहरू फेला पारेको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।