०३ असार २०८३, बुधबार

गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति

असोज १८, २०७८
गुणस्तरीय स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन् । 

बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएको चिनियाँ डाक्टरको टोलीलाई बिदाइ गर्न आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपालजस्तो विकासशील देशमा स्रोतसाधन तथा सक्षम जनशक्ति तयार गरी क्यान्सर बिरामीका लागि समर्पित गराउनु अझै चुनौतीको विषय भएको बताइन् । 

उनले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतीका रूपमा देखा परेको बताए । वातावरण प्रदूषण, विषादीयुक्त खाद्य, सुर्ती तथा मादकपदार्थ सेवन तथा अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको भन्दै उनले यस अस्पताललाई राष्ट्रिय क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्ने अस्पतालको योजनाप्रति खुशी व्यक्त गरे । 

कार्यक्रममा चिनियाँ चिकित्सकले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था र आफूहरूले काम गर्दाको अनुभव व्यक्त गरेका थिए । १५ सदस्यीय टोली चीनको हुवावे प्रान्तबाट आएको हो । टोलीलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्