भारतको उत्तर प्रदेशमा रहेको लखीमपुर खीरीमा आइतवार भएको हिंसाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रदर्शन गरिरहेका किसानलाई पछाडिबाट दुईवटा गाडीहरू आएर कुल्चिएको भिडियोमा स्पष्टसँग देखिन्छ । प्रहरीले यस भिडियोको पुष्टि गरिसकेको छैन ।
किसानलाई कुल्चिने पहिलो गाडी थार जीप थियो भने दोस्रो गाडी टोयोटा फोर्च्युनर थियो ।
कांग्रेस महासचिव प्रियंका गान्धी समेत विपक्षी नेताहरूले यो भयानक भिडियो शेयर गरेर सरकारमाथि प्रश्न उठाएका छन् ।
प्रियंकाले भिडियो शेयर गर्दैै लेखिन्, ‘मोदीजी, तपाईंको सरकारले कुनै आदेश र जाहेरी विना विगत २८ घन्टादेखि मलाई हिरासतमा राखेको छ । अन्नदातालाई कुल्चिने यो व्यक्ति अहिलेसम्म पक्राउ किन परेन ?’
.@narendramodi जी आपकी सरकार ने बग़ैर किसी ऑर्डर और FIR के मुझे पिछले 28 घंटे से हिरासत में रखा है।
अन्नदाता को कुचल देने वाला ये व्यक्ति अब तक गिरफ़्तार नहीं हुआ। क्यों? pic.twitter.com/0IF3iv0Ypi— Priyanka Gandhi Vadra (@priyankagandhi) October 5, 2021
आम आदमी पार्टीका राज्यसभा सांसद संजय सिंहले लेखे, ‘यसपछि पनि कुनै प्रमाण चाहिन्छ ? सत्ताको अहंकारमा मत्त भएका गुण्डाहरूले किसानलाई गाडीमुनि कुल्चिए । अनि केही च्यानलहरू चाहिँ मन्त्रीको छोरा ज्यान जोगाउनका लागि भागेको भन्दै ज्ञान बाँडिरहेका थिए ।’
लखीमपुर खीरी हिंसा घटनामा उत्तर प्रदेश सरकारले केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिषविरुद्ध मुद्दा दर्ता गरेको छ । मन्त्रीले चाहिँ घटनास्थलमा आफ्नो छोरा उपस्थित नभएको दाबी गरेका छन् ।