३० जेठ २०८३, शनिबार

सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै समस्या हो : अर्थमन्त्री शर्मा

असोज १९, २०७८
सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै समस्या हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारीले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताएका छन् ।

राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको मंगलवारको बैठकमा मुलुकमा वित्तीय सुशासन र दीगो विकास लक्ष्यका अवस्थाबारे जानकारी दिँदै उनले अहिले सिर्जना भएको परिस्थिति सामना गर्न विकास लक्ष्य एवं योजनामा ठूलो सुधारकोे चुनौती र आवश्यकता औंल्याए ।

अर्थमन्त्री शर्माले भने, ‘विकास रणनीति, लक्ष्य निर्माण एवं कार्यान्वयन आफँैमा अन्तरविरोधी छन्, सरकार र मन्त्री परिवर्तन भएसँगै योजना र नीति फेरिँदै जाने खाले परिपाटी यो नै सबैभन्दा ठूलो समस्या हो ।’

संविधानअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेको समाजवादोन्मुख अर्थतन्त्र कस्तो हो भन्ने चित्र नै नरहेको उल्लेख गर्दै उहाँले संविधानमा उल्लेख गरेको विषय हाम्रा योजना र कार्यक्रमा नसमेटिएको बताए । अर्थमन्त्री शर्माले भने, ‘जनताले पनि बुझ्ने स्पष्ट विकासको चित्र आवश्यक छ, कुन योजना कति, कसरी कार्यान्वयन गर्ने भन्ने साझा रणनीति खाका बनाउन पर्छ, योजना निर्माणलाई पनि अनुशासनभित्र ल्याउन पर्‍यो ।’

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र मुलुकको अहिलेको मुख्य लक्ष्य भएको बताउँदै उनले समावेशी विकास मूल नीति बनाएर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्