०३ असार २०८३, बुधबार

विमानस्थलमा चिप्लिएको जहाज ग्राउन्डेड

असोज २०, २०७८
विमानस्थलमा चिप्लिएको जहाज ग्राउन्डेड

काठमाडौँबाट नेपालगञ्ज उडानका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ नजिकैको घाँसमा फसेको श्री एयरलाइन्सको जहाज ग्राउन्डेड गरिएको छ।
उडानका लागि ट्याक्सी मार्गतर्फ जाने तयारी गर्दा विमानको बायाँतर्फको चक्का घाँस क्षेत्रमा फस्न पुगेको थियो। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार मङ्गलबार बिहान ९ बजेर ३३ मिनेटमा उक्त जहाज घाँस क्षेत्रमा फसेको थियो। जहाजलाई करिब दिउँसो १२ बजे त्यहाँबाट निकालेर ग्राउन्डेड गरिएको उनले बताए ।  प्राविधिक परीक्षणपछि मात्र उक्त जहाजलाई उडानको अनुमति दिइने उनले जानकारी दिए । गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्