२० असार २०८३, शनिबार

अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट

असोज २०, २०७८
अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री भट्ट
फाइल तस्वीर।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने अपराध न्यूनीकरणमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

६६औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित कार्यक्रममा उनले प्रहरी एक्लैले मात्र समाजमा हुने गरेका सबैखाले अपराध न्यूनीकरण गर्न कठिनाइ हुने भएकाले आमनागरिकको भूमिका पनि सकारात्मक हुनुपर्ने बताए । 

विभिन्न कठिनाइका बाबजुद प्रहरीले नागरिकलाई सुरक्षा प्रदान गरिरहेको उनको थियो । उनले देशका अन्य ठाउँमा घटेका घटनाको तुलनामा सुदूरपश्चिममा सानो घटना हुँदा बढी चर्चा पाउने गरेको टिप्पणी गरे । 

मुख्यमन्त्री भट्टले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अपराध अनुसन्धानमा हुने ढिलाइले अपराधीको मनोबल बढ्दै गएर समाजमा शान्ति सुरक्षाको अवस्था खलबलिने अवस्थाबाट सतर्क रहनुपर्ने बताए । उनले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न जरुरी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्