२८ जेठ २०८३, बिहीबार

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियूको माग

असोज २०, २०७८
कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न अनेरास्ववियूको माग

अनेरास्ववियूले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ । 

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल २ पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिवेक्षक पठाउन जोडदार माग गर्दछौं ।’

१२औं राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्