
वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताएकी छन् । विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठपर्वका अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पहिचान र परिचयलाई फराकिलो बनाउनुपर्ने बताइन् ।
कुनै पनि संस्कृति र संस्कारभित्र विभेद गर्न नहुने उनको भनाइ थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभिन्न सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।