२१ जेठ २०८३, बिहीबार

जसले कहिल्यै घरमा जमरा राख्दैनन्, कारण छ यस्तो

असोज २१, २०७८
जसले कहिल्यै घरमा जमरा राख्दैनन्, कारण छ यस्तो


बागलुङ नगरपालिका–१ खनियाबासका कृष्ण माझी उमेरले  ३४  वर्ष  पुगे।  आफूू  जान्नेबुझ्ने भएपछि  उनले  घरमा  दशैँको  टीका  लगाए पनि  जमरा  राखेको  थाहा  छैन।  दशैँको दिन टीका जमरा त लगाउँछन् तर जमरा मागेर। घरमा जमरा राखेपछि अनिष्ट हुने विश्वासले उनीहरूले जमरा राख्दैनन्। “यही जन्मे, यहीँ हुर्कें,’’ ३४ वर्षीय कृष्ण  माझीले  भने,  ‘अहिलेसम्म  जमरा राखेको  थाहा  छैन,  हाम्रो  समुदायमा पहिलेदेखि   नै   चलेको   चलन   हो। परम्परालाई  नयाँ  पुस्ताले  पनि  निरन्तरता दिएका  छन्।’’  कृष्णमात्र  हैन,  माझी समुदायकै   बिहेवारी   भएर   आएकी फूूलमाया  माझी  पनि  वर्षांै  भयो  दशैँको बेलामा   सासूूससुराले   जमरा   राखेको देखेकी छैनन्,  आफूूले  पनि  जमरा राख्ने आँट गरेकी छैनन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्