कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ ।   


Advertisement

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेकी हुन् । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको विज्ञप्तिमा बताइएको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्