
शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल अन्तरको जित निकाल्दै काठमाडौँको शङ्खमुल क्लब फाइनलमा प्रवेश गरेको हो ।
विजेता शङ्खमुलले शुक्रबार घरेलु टोली स्पोर्टस् क्यासलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।