२१ असार २०८३, आइतबार

लखीमपुर हिंसाका आरोपित नेपालतर्फ भागेर आएको भारतीय सञ्चारमाध्यमको दाबी

असोज २२, २०७८
लखीमपुर हिंसाका आरोपित नेपालतर्फ भागेर आएको भारतीय सञ्चारमाध्यमको दाबी

भारतको उत्तर प्रदेशमा रहेको लखीमपुरमा आइतवार भएको हिंसाका मुख्य आरोपित आशीष मिश्रालाई प्रहरीले शुक्रवार बिहान बयानका लागि बोलाएको छ ।

प्रहरीले मिश्रालाई खोजिरहेको दाबी गरेको छ भने उनी चाहिँ आफू निर्दोष रहेको बताउँदै मिडियालाई बयान दिइरहेका छन् । 

उनी कहाँ छन् त ? भारतका केही सञ्चारमाध्यमले उनी नेपालतर्फ भागेको खबर दिएका छन् । 

लखीमपुरबाट नेपालको बर्दिया जिल्ला नजिकै पर्छ । गाडीमा जम्मा दुई घन्टामा त्यहाँ पुगिन्छ । त्यसैले आशीष मिश्रा नेपालतर्फ आएको हुन सक्ने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्