१३ असार २०८३, शनिबार

२० लाखको अवैध पटका बरामद

२० लाखको अवैध पटका बरामद

लुकाइछिपाइ काठमाडौं उपत्यका भित्र्याइएको २० लाख बराबरको पटका प्रहरीले बरामद गरेको छ । 

ललितपुर महानगरपालिका–१, कुपण्डोलमा टहरा भाडामा लिएर भण्डारण गरिएको अवस्थामा एक हजार ४९४ किलो विष्फोटक पदार्थ बरामद गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ । 

महाशाखाका अनुसार पटाकासहित बारा घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाललाई पक्राउ गरिएको छ । 

आवश्यक कारावाहीका लागि महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको महाशाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्