०२ असार २०८३, मंगलबार

जीप दुर्घटना हुँदा ४ को मृत्यु

जीप दुर्घटना हुँदा ४ को मृत्यु


जीप दुर्घटना हुँदा अछाममा ४ जनाको मृत्यु भएको छ । यस्तै घटनामा १४ जना घाइते भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति १ से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का जीवन जैसी, सर्व बोहरा, जीवन न्यौपाने र हिमाल नेपालीको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । जीप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्