१७ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योग मन्त्रालयको कार्यभार

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योग मन्त्रालयको कार्यभार

विवादका कारण नियुक्तिको दुई दिनमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । 

आज राष्ट्रपतिको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको बताएको छ । 

हमालले आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए । 

गत शुक्रवार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा नियुक्त भएको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका थिए । 

हमालले राजीनामा दिएपछि प्रधानमन्त्रीले अर्को मन्त्री नियुक्त नगरी तत्कालको लागि उद्योग मन्त्रालयको जिम्मा आफैंसँग राखेका हुन् । 

राष्ट्रपति कार्यालयबाट प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा गजेन्द्रबहादुर हमालले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकिएको उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्