२५ असार २०८३, बिहीबार

मोतिपुर घटनामा गृह मन्त्रालयले भन्यो – जग्गा अतिक्रमण गर्न प्रयास गर्नेलाई कारवाही हुन्छ

मोतिपुर घटनामा गृह मन्त्रालयले भन्यो – जग्गा अतिक्रमण गर्न प्रयास गर्नेलाई कारवाही हुन्छ

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा ४ जनाको मृत्यु हुने गरी भएको घटनाप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले प्रेस विज्ञप्ति जारी गर्दै सुकुम्बासी, भूमिहीनलाई जग्गाको व्यवस्था गर्न कानूनी प्रावधान रहेकाले त्यसविपरीत अतिक्रमण गर्न खोज्नेलाई कारवाही हुने जनाएका छन् ।

‘निर्धारित कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘कसैको बहकाउमा परी यस किसिमको गैरकानूनी कार्यमा संलग्न नहुन सबैमा नेपाल सरकार अनुरोध गर्दछ ।’

विज्ञप्तिमा सरकारले भदौ २९ गते राष्ट्रिय भूमि आयोग गठन गरेकाले त्यसमार्फत जग्गाको व्यवस्था हुने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्