०३ असार २०८३, बुधबार

देउवा व्यस्त हुँदा ओझेलमा महाधिवेशन, पौडेलले गरे यस्तो आग्रह

असोज २६, २०७८
देउवा व्यस्त हुँदा ओझेलमा महाधिवेशन, पौडेलले गरे यस्तो आग्रह

नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको हो ।

देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन। कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । राजधानी दैनिकले वरिष्ठ नेता रामचन्द्र पौडेलले दसैँलगत्तै देउवालाई केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेको खबर छापेको छ ।

salt training

कमेन्ट गर्नुहोस्