०१ असार २०८३, सोमबार

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

असोज २७, २०७८
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको हत्या गरेको अभियोगमा २ जनालाई बुधवार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

दशैंको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरूले विक्रमलाई दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको र विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

सल्यानको बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षीय रुपलाल कवर मगरको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ । 

निमबहादुरले आफ्नै छोरालाई खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले निम बहादुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्