×

NMB BANK
NIC ASIA

तल्लो तहका सरकारी कर्मचारीको दशैं

सिंहदरबारका कार्यालय सहयोगीको दशैं : इच्छा मारेर मनाउनुपर्छ, ऋण वा सापटी नलिई हुन्न !

असोज २८, २०७८

NTC
Premier Steels

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३४ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत ५५ वर्षीय अमर श्रेष्ठलाई दशैं आएपछि रमाइलो भन्दा पनि तनाव हुन्छ। 

Muktinath Bank

भन्नका लागि त उनी सरकारी कर्मचारी हुन्, तर निकै न्यून पारिश्रमिक पाउने श्रेष्ठलाई दशैं मनाउन कहिल्यै तलबले पुग्दैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको परिवारमा श्रीमती र २ छोरा छन् ।


Advertisment
Nabil box
Kumari

'२८ हजार रुपैयाँ जति तलब र त्यति नै पेस्की पाउँदा समेत दशैंमा त १० देखि २० हजार रुपैयाँ सम्म ऋण नै हुन्छ,' श्रेष्ठले लोकान्तरसँग भने, 'हामी नेवार हो । दशैंमा नेवारको खर्च तपाईंलाई थाहा नै होला, मासु खानै पर्‍यो, लुगाफाटा किन्ने पर्‍यो।' मासुमै १५ देखि २० हजार रुपैयाँ खर्च हुन्छ । १० देखि १५ हजार रुपैयाँ लुगाफाटोमै खर्च हुने गरेको उनले बताए।

Vianet communication

'अलिअलि रमाइलो गर्न खोज्यो कि तलब, पेस्की सबै रकम सिद्धिन्छ,' उनले भने, 'त्यस पछि महिनामा हुने खर्च कोठा भाडादेखि अन्य नियमित खर्चका लागि ऋण वा सापटी लिनुपर्छ।'

….

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १८ वर्षदेखि कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी शेरबहादुर थापा त तलबले मात्र नपुगेपछि बेलुका बाहिर निजी क्षेत्रमा पनि काम गर्छन्।

२४ हजार रुपैयाँ तलब छ तर २ छोरा, श्रीमतीसहितको परिवार पाल्न समस्या हुने गरेका कारण बाहिर काम गरेर महिनाको थप ८ देखि १० हजार रुपैयाँ कमाएपछि जसोतसो काठमाडौंमा गुजारा हुने गरेको उनले बताए।

त्यस्तो अवस्थामा नेपालीहरूको ठूलो पर्वको रूपमा रहेको दशैं त  मनाउनै पर्ने हुनाले थोरैथोरै गरेर भए पनि ठीक्कठीक्क हिसाबले खर्च गर्ने गरेको उनले सुनाए।

'घर परिवारका सदस्यहरूको पनि अरु छिमेकी जस्तै देखासिकी गर्ने इच्छा त हुन्छ नै, तर थोरै आम्दानी हुने हामी जस्तो गरीब मानिसले आफ्ना छोराछोरीको इच्छा मारेर नै दशैं मनाउनुपर्छ,' उनले बताए।

….

शहरी विकास मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ५१ वर्षीय भीमबहादुर बुढाको पनि समस्या उस्तै छ । यस वर्षको साउन महिनादेखिको महंगी भत्ता पनि सरकारले काटिदिएपछि झन् आम्दानी कम भएका बेला दशैं मनाउन समस्या भएको उनी बताउँछन्। 

'ठूलाबडाले गरे जस्तो हामीले गर्नु भएन । जसरी पनि अलिअलि रमाइलो गर्नै पर्यो ,' उनले भने, 'मासु खानै पर्यो , कपडा किन्नै पर्‍यो, छोराछोरीको रहर पूरा गर्नै पर्‍यो।'

तलब मात्रले नपुग्ने हुँदा कहिलेकाहीँ सापटी समेत लिनु परेको उनले सुनाए। 'दशैंमा जसोतसो म्यानेज गर्ने हो, आफ्नो तलबले मात्र धान्ने कुरा हुँदैन, धौ-धौ गरी जेनतेन गर्नु परेको छ, गरेका छौं,' उनले भने। त्यही मन्त्रालयमा काम गर्ने अर्का कार्यालय सहयोगी दीपक कार्की पनि कम तलब भएका कारण दशैंमा परिवारका सदस्यको इच्छा पूरा गर्न समस्या हुने गरेको बताउँछन्।

'जहाँ अप्ठ्यारो त्यही उपाय भनेजस्तै १ हजार दक्षिणा दिनुपर्ने ठाउँमा ५ सय दिने, ५ सयको ठाउँमा २ सय दिने, २ सय ठाउँमा १ सय दिने गरेर भए पनि काम चलाउने हो,' कार्कीले भने, 'जसोतसो दशैं मनाउँछौं, पर्व हो, नपुग हुँदा सापट लिएर पनि दशैं मनाउनै पर्छ।'

सिंहदरबारका विभिन्न मन्त्रालयमा काम गर्ने कार्यालय सहयोगीहरूलाई दशैंमा मात्र होइन, कम तलबका कारण अन्य महिनामा समेत घर परिवार चलाउनै मुस्किल हुने गरेको गुनासो गर्छन्। 'हामीले काम सबै भन्दा बढी गर्नुपर्छ, दुःख नगरी हुन्न, दुःख गर्नै पर्छ,' कार्कीले भने, 'तर दुःख गरे अनुसारको पारिश्रमिक भने हुँदैन, राज्यले त्यो कुरा नबुझेको जस्तो भयो।'

कम्तिमा पनि कार्यालय सहयोगीको तलब २५ हजार रुपैयाँ हुनु पर्ने उनीहरूको कथन छ। १२ देखि १५ हजार रुपैयाँसम्म त कोठा भाडामै जान्छ । पछि रासन पानी, लुगा कपडा, बालबच्चाको पढाइ-लेखाइ सबै गर्दा त्यति सानो रकमले नपुग्ने गरेको उनीहरू बताउँछन्। 

'एउटा सचिवले पनि त्यही बजारमा गएर तरकारी, मासु किन्ने हो, उहाँहरूको लागि बजारमा जे मूल्य हुन्छ, त्यही मूल्यमा हामी सामान्य कर्मचारीले पनि त्यही मूल्यमा तरकारीदेखि मासुसम्म किन्ने हो,' उनले भने, 'त्यसैले आम्दानी फरक–फरक हुने भएपनि खर्च त उस्तै हुने हो।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x