कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
जीवनका ८६औं वसन्त पार गरिसकेकी तेजकुमारी पोखरेल (उपाध्याय) यतिबेला पनि बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा एल्कै रमाउँछिन् । २ वर्षअघि ८४ दान गरिसकेकी तेजकुमारी अहिले सबैकी हजुरआमा भएकी छिन् ।
तेजकुमारीको जन्म पाल्पाको माडीमा भएको हो भने उनको कर्मघर चाहिँ पाल्पाकै रामपुर डुम्रीमा हो ।
विक्रम संवत् १९९२ सालमा जन्मिएकी तेजकुमारीको बिहे आफूभन्दा १ वर्ष कम उमेरका तोयनाथ पोखरेलसँग ७ वर्षको उमेरमा भएको उनले बताइन् । तेजकुमारीलाई अहिले बिहे भएको हो भनेर बताउने गरेकाहरू पनि जीवित छैनन् । उनलाई आफ्नो बिहे भएको केही सम्झना छैन । अरुले भनेकै भरमा उनले आफ्नो बिहेको उमेर याद गरेकी छन् ।
बिहे भएको ३ वर्षमै कटहरको रूखबाट लडेर तेजकुमारीका पति तोयनाथ बितेका थिए । १० वर्षको उमेरमै तेजकुमारी एक्ली भइन् । उनको परिवारका धेरै सदस्यको कुजिने रोग लागेर मृत्यु भइसकेको थियो । सासु पनि कुजिएकी थिइन् । बुहारी ल्याएपछि स्याहारसुसार गर्छिन् भनेर तोयनाथको तेजकुमारीसँग ६ वर्षकै उमेरमा विवाह गरिदिएका थिए ।
उमेर बढ्दै गयो, उनी जवान भइन् । न कसैले उनलाई फेरि बिहे गरिदिनुपर्छ भने न उनको बिहे गर्ने चाहना नै भयो । जीवन एक्लै बिताउँदै उमेर ढल्किँदै गयो उनको ।
समयको फेरो धेरै घुमिसक्यो । जीवनका ८ दशक एक्लै बिताएकी तेजकुमारीका दुःखकष्टका थुप्रै स्मरण मानसपटलमा छन् । ‘दुःख के हो’ मलाई सोधे हुन्छ भन्छिन् तेजकुमारी । ‘मेरो कर्म यस्तै रहेछ । जे पाएँ त्यो भोगे । अहिले मलाई कुनै गुनासो छैन जीवनसँग,’ तेजकुमारी भन्छिन् ।
२०३५ सालमा उनी बहिनीज्वाइँको साहारमा बटौली (बुटवल) झरिन् । उनीसँग अलिअलि गरेर जम्मा गरेको पैसा २९ हजार पुगेको रहेछ । त्यहीँ पैसाले उनले २०३७ सालमा बुटवलको मिलनचोकमा २ कट्ठा जग्गासहित २ तले घर किनेर बुटवल बस्न थालिन् ।
बजार झरेपछि आर्थिक अभाव बढ्दै गयो । खान लगाउन पुगेन । दिनचर्या चलाउन गाह्रो भएपछि त्यहीँ घरजग्गा केही वर्षपछि बिक्री गर्न बाध्य भएको उनी बताउँछिन् । अहिले उनी आफ्नी साइली बहिनीको घरका बस्दै आएकी छन् ।
जीवनका ९ दशक पुग्न लागेकी उनी एक्लै बस्छिन्, आफैं पकाउँछिन्, खान्छिन् । लुगा कपडा आफैं धुन्छिन् । धर्मकर्ममा विशेष रुचि छ । चाडपर्वप्रति पनि उस्तै । चाडपर्व आउँदा उनलाई पनि बेग्लै अनुभूति हुन्छ । उनी दैनिक पूजाआजा गरी दिनको शुरूआत गर्छिन् ।
बाल्यकालको दशैंबारे तेजकुमारीलाई खासै याद छैन । उनी युवा अवस्थाकी भएपछि २०१० सालतिरदेखि चाडवर्पको सम्झना चाहिँ छ । दशैंको बढी सम्झना अझै ताजै छ ।
‘उहिलेको दशैं रहरको हुन्थ्यो । गाउँमा खसी काट्न बडादशैं नै पर्खिएर बस्नुपर्थ्यो । मिठो मसिनो खान चाडवाड नै कुर्नुपर्थ्यो । अहिलेको जमानामा त केको दशैं ? सधैं जतिसुकै बेला दशैं आएको छ,’ तेजकुमारी भन्छिन् ।
‘घटस्थापनादेखि दशैंसम्म प्रत्येकका घरमा बिहान उठेर घरघरमा दैनिक दुर्गा पूजा गर्थे । विशेष विधिविधान बनाएर मन्दिर र कोट जान्थे, कोटमा बोका काट्थे । मगर र अन्य जातिले पाडाहरू पनि काट्ने गरेका थिए,’ तेजकुमारीले भनिन्, ‘अष्टमीको दिन फलफूल मात्र खान्थे । भात खान हुँदैन भन्ने मान्यता थियो । दशैं आउने बेलामा बटौली (बुटवल) नून र वरापरि (गुन्यूचोलो) किन्न लोग्ने मान्छेहरू झर्थे । मरमसला, थानका कपडा, टुकी बाल्ने मट्टितेल र केही खिस्रीमिस्री सामानको ठूलो भारी बोकेर तराईबाट पहाड उक्लिनेहरूको ठूलो लर्को लाग्थ्यो । बटौली गएर फर्किन ३–४ दिन लाग्थ्यो । दशैंलाई रोटी बनाउन महिलाहरू रातभर ढिकी झाँतो चलाउँथे ।’
उनले भनिन् – आँटीमा रहेको भकारीबाट धान झिकेर दशैंका लागि सुकाइन्थ्यो । कमेरोले घर लिपपोत गरिन्थ्यो । रातो माटो र कमेरो खोज्न घरबाट टाढा–टाढासम्म जंगलमा जानुपर्थ्यो । त्यो बेलाको जस्तो समय र समाज अहिले रहेन । दशैंमा केटाकेटी बुवाआमाले टीका लगाएर पैसा दिन्छन् भनी व्यग्र प्रतिक्षा गर्थे । त्यो बेलामा टीका लगाइदिँदा छोरीलाई मात्र पैसा दिन्थे । छोरालाई टीका मात्र लगाइदिन्थे । अहिले सबैलाई पैसा दिनुपर्छ । केटाकेटीलाई १–२ पैसा दिन्थे । विवाह गरेर माइतीमा आएकी छोरीलाई २० पैसासम्म दिन्थे भने ज्वाईलाई ५० पैसा दियो भने धेरै राम्रो दक्षिणा भन्थे । एकमुठी ढेके (सिक्का) पैसा जम्मा गरेर धेरै बनाउथिमँ । टीका लगाएर १ रुपैयाँ पुर्याउनेलाई भाग्यमानी मान्थे ।
बिहे भएको घरमा कुराउने घोट्ने चलन हुन्थ्यो । ताउलाभरी कुराउने घोट्थे । दशैंका लागि भनेर ६ महिनाअघि नै खसी पाल्न थाल्थे । कुन घरको खसी कति ठूलो छ भनेर गाउँमा कुरा चल्थे । किनभने ब्राह्मण समुदायमा दशैंमा खसी काट्थे । भोटेहरू भेडा च्यांग्राका बथान लिएर गाउँगाउँ डुल्थे । केही पैसा हुनेले च्यांग्रा राख्थे । च्यांग्राको मासु मिठो हुने खानेहरूले बताउँथे तर मैले कहिल्यै मासु खाइनँ । दशैंमा अहिले जस्तो फुर्मास खर्च गर्ने जमाना थिएन । आफूले जति सकिन्छ, त्यसैमा रमाउने चलन थियो । अहिलेजस्तो देखासिकी त्यो बेला हुँदैन्थ्यो ।
दशैं लागेपछि हामी गाउँभरिका मान्छे भेला भएर रमाइलो गर्थ्यौं । हामीलाई दिउँसोभन्दा राति रमाइलो हुन्थ्यो । राति गाउँको एक ठाउँमा भेला भएर रोदी गीत, दोहोरी गाउँदै नाचगान गर्थे । रातभरि बस्दा पनि त्यतिबेला कसैको डर हुन्नथ्यो । चौरमा लिङ्गे पिङ राख्थे । पिङका लागि लठो बाट्न बाबियो घाँसको प्रयोग गरिन्थ्यो । रातिमा लठो बाटिन्थ्यो । लठो बाट्ने काम प्रायः पुरूषहरूले गर्थे ।
चाडपर्वमा महिलालाई अझै घरको काम बढी गर्नुपर्थ्यो । घर पोत्ने, आँगनको डील लगाउने, आँगन लिपपोत गर्ने घरगोठको सबै काम आइमाइले नै गर्नुपर्थ्यो । दशैंपछि धान, कोदो काट्ने हुँदा आँगनलाई चिटिक्क पारेर लिपपोत गर्नुपर्थ्यो । पुरूषहरू पिँढीमा बसेर भुसाहा (चुरोट, बिँडी) तान्ने, गाईवस्तु चराउने र घाँसदाउरा मात्र गर्थे ।
तेजकुमारीलाई दशैं आदर प्रकट गर्ने, आशिर्वाद थाप्ने र शुभकामना आदानप्रदान गर्ने उत्सव लाग्छ ।
उनी बुटवलमा झर्दा बुटवलमा फाटफुट मात्र घरहरू थिए । बजार अहिलेजस्तो चहलपहल थिएन । भन्छिन्, ‘अहिले समयसँगै चाडपर्व र संस्कार र संस्कृतिहरू पनि बदलिँदै गए । पुरानो वास्तविक चाडहरूको परिमार्जन हुँदै गएका छन् ।’
अहिलेको दशैं उहिलेको जस्तो छैन, धेरै परिवर्तन आएको छ, चाडपर्वको नाममा विदेशी संस्कृतिहरू भित्रिएका तेजकुमारीले बताइन् । ‘यसलाई रोकेर नेपाली वास्तविक संस्कृति अनुसारको चाडपर्व मनाउनुपर्छ । नेपाली धर्म संस्कृतिलाई जोगाउनुपर्छ,’ उनले भनिन् ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...