
हेटौंडा कुलेखानी काठमाडौं सडकखण्ड अन्तर्गत इन्द्रसरोबर गाउँपालिका–२ लामिबगरमा शनिवार दिउँसो करीब ३ः३० बजे काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना१ज ४५११ नम्बरको सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा चालकसहित १० जना घाइतेलाई प्रहरीले उद्धार गरी ४ जनालाई हेटौंडा अस्पताल, ४ जनालाई काठमाडौं सानेपाको स्टार हस्पिटल र २ जनालाई पाटन अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाटन अस्पतालमा उपचारको क्रममा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकहरूको हालेसम्म सनाखत भइसकेको छैन ।