जेठ ९, २०७९
अछामको देवदहका खडक खाती वैशाख २५ गते घर फर्किएका थिए । भारतको नयाँदिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएका उनलाई छिमेकीले भोट हाल्न आउन अनुनय गर्न थालेपछि फर्किएका थिए । नागरिक कर्तव्य र मताधिकारबारे बुझेका...
जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ । पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवर्धनका लागि अभियान नै थालेको छ ।
पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ । तत्कालीन बाइसे चौबिसे राज्य हुँदा जिल्लाको विभिन्न ठाउँमा विभिन्न राजाले राज्य सञ्चालन गरेको पाइन्छ । यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटको नरसिंहकोटमा पनि राजाले राज्य सञ्चालन गरेको बुढापाका बताउँछन् ।
भूरे राजाले राज गरेको यस स्थान अहिले निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।
तत्कालीन अवस्थामा भुरे राजाले दरबार बनाएर करिब ७÷८ वर्ष राज गरेको स्थानीयवासी ८३ वर्षीय टीकाबहादुर कुँवर बताउनुहुन्छ । त्यस क्षेत्रमा राजाले आफू बस्ने दरबार, पौवाहरु निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवाहरु जीर्ण भएर भत्किएको उहाँले बताउनुभयो । दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् ।
नरसिंहकोट र राजकुटको अर्थ बेग्ला–बेग्लै भएको स्थानीयवासी बताउँछन् । ‘राजकुट’ तत्कालीन बाइसे चौबिसे राज्य हुँदा भुरे राजाले बसोबास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको उहाँको भनाइ छ ।
यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पगेको कुँवरको भनाइ छ । तत्कालीन समयमा भुरे राजा र प्यूठानी राजाबीच युद्ध भएको र प्यूठानी राजले भुरे राजाको वंश नाश गरी दिएको र उनका सयौँ सिपाहीहरुको युद्धमा ज्यान गएको स्थानीयवासी कुँवरको दाबी छ ।
उहाँले प्यूठानी राजाले भुरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नाश गरिदिएपछि उनीहरुको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताउनुभयो । उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो ।
नरसिंहकोटमा अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मी लगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।
केही वर्ष अगाडिसम्म उक्त स्थानमा भुरे राजाको दरबारका भग्नावशेष भेटिने गरेको कुँवर बताउनुहुन्छ । अहिले उक्त भग्नावशेष हराउँदै गएको हुँदा फेला पार्न नसकिने स्थानीयवासी बताउँछन् । राजाले राज गरेको क्षेत्रमध्ये हाल करिब १०० रोपनी गुठीको जग्गा रहेको छ । त्यसमध्ये केही खेत र केही बाँझो जमिन बताइएको छ । ‘नरसिंहकोट’ क्षेत्र अत्यन्तै रमणीय छ । त्यस क्षेत्रमा मन्दिर र राजाले निर्माण गरेको मौलो (पोखरीको बीचमा रहने वस्तु) समेत छ ।
राजा विस्थापित भएपश्चात् निर्माण गरिएको नरसिंहकोट मन्दिरलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गरेको छ । राजकुटमा पर्ने नरसिंहकोट गाउँपालिकाको नमूना पर्यटकीय गन्तव्यका रुपमा परिचत छ । यो पहाडीको टुप्पोमा समथर भू–भागमा फैलिएको छ । जसले धेरै पर्यटकको मन लोभ्याउने गरेको छ ।
यहाँ आउने जोे कोही यहाँबाट देखिने मनोरम दृश्यले मोहित हुने गर्दछन् । यहाँबाट बुर्तिबाङ बजार स्पष्ट रुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरु देख्न सकिन्छ भने धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खलाहरु र उच्च मनोरम पहाडी भेगहरुको अवलोकन गर्न सकिन्छ ।
पछिल्लो समय आन्तरिक पर्यटकहरु समेत बढ्दै गएको र भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटन मैत्री बनाउन थालेको निसीखोला गाउँपालिका–७ का वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले (नहकुल) जानकारी दिनुभयो । उहाँले बुर्तिबाङ बजारको नजिक पर्ने हुँदा आन्तरिक पर्यटक भित्र्याउन सहज भएको बताउनुभयो ।
नरसिंहकोट क्षेत्रमा पुग्नका लागि बुर्तिबाङ बजारबाट गाडीमा एक घण्टामा पुग्न सकिन्छ पैदल यात्रामा साढे एक घण्टामा पुग्न सकिन्छ । त्यहाँसम्म पुग्ने सडक सालजण्डी–ढोरपाटन सडकबाहेक अर्को वैकल्पिक सडक नहुँदा सवारी साधानमा जाँदा केही फेरो पर्छ ।
बुर्तिबाङबाट अधिकांश पर्यटकहरु पैदल यात्रामै त्यहाँ पुग्ने गरेको पाइन्छ । नरसिंहकोटबाट नजिकै रहेको टापुले पनि धेरैको मन लोभ्याउने गरेको छ । नरसिंहकोटमा पुग्ने पर्यटक १५÷२० मिनेटमै टापुमा पुग्न सक्छन् । यस क्षेत्रको प्रवर्धनका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै भौतिक संरचना निर्माण र यस क्षेत्रको विकासमा जुटेको वडाध्यक्ष कुँवरको भनाइ छ ।
उहाँले सुरुको वर्ष पर्यटन पदमार्ग निर्माण गरेको र हालसम्म क्रमशः पर्यटन पार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माण लगायतका काम भएको बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा निकै परिवर्तन आएको बताउनुहुन्छ । नरसिंहकोट क्षेत्रलाई गाउँपालिकाकै आकर्षक पर्यटकीय गन्तव्य भएको हुँदा यसको विकासका लागि सिङ्गो पालिकाको ध्यान केन्द्रित भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले यसको विकासका लागि गुरुयोजना नै बनाएर पूर्वधार निर्माणमा जुटेको बताउनुहन्छ ।
मन्दिर व्यवस्थापन, मन्दिर परिसरमा पर्यटक बस्ने पौवा, भवन, खानेपानीको धारो निर्माण, शौचालय तथा पिकनिक स्पोर्ट निर्माण गरेको र यी संरचनालाई थप व्यस्थित गर्नका लागि गाउँपालिकाले प्रदेश र केन्द्रमा पनि सहयोगका लागि आग्रह गरेको उहाँले बताउनुभयो । पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले पालिकाको नमूना पर्यटकीय गन्तव्य बनाउनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको बताउनुहुन्छ । उहाँले पालिकाका अन्य पर्यटकीय गन्तव्यहरुको समेत पहिचान र प्रवर्धनमा गाउँपालिका लागेको भन्दै सबैको गुरुयोजना निर्माण गर्न थालिएको बताउनुभयो ।
उहाँले निसीखोलाले पर्यटन क्षेत्रबाटै समृद्ध हासिल गर्न सक्ने जनाउँदै आफूहरु सो अनुसार पर्यटकीय क्षेत्रको खोजी, प्रवर्धन र प्रचारमा जुटेको बताउनुभयो । यस क्षेत्रमा करिब तीन सय ७५ मिटर लामो रेलिङसहितको पद मार्ग निर्माण भएको छ । यसले बुर्तिबाङ बजारबाट दैनिक आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । खेमराज गौतम/रासस
अछामको देवदहका खडक खाती वैशाख २५ गते घर फर्किएका थिए । भारतको नयाँदिल्लीस्थित एक कम्पनीमा काम गर्दै आएका उनलाई छिमेकीले भोट हाल्न आउन अनुनय गर्न थालेपछि फर्किएका थिए । नागरिक कर्तव्य र मताधिकारबारे बुझेका...
एक युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् । ...
देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । दुई हजार २३३ जनाको पिसीआर विधिबाट र ५३५ जनाको एन्टिजेन विधिबाट...
बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक भत्काउन नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी दिए । पद सम्हालेपछिको पहिलो पत्रकार अन्तक्र्रियामा बोल्द...
महालक्ष्मी विकास बैंकले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रम बीच बैंकका संचालक समितिका अध्...
सरकारले स्थानीय तह सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा निर्वाचन आयोग, राजनीतिक दल, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्र स...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...