कसरी काट्दैछन् आर्यन खानले जेलमा दिनहरू ?

कसरी काट्दैछन् आर्यन खानले जेलमा दिनहरू ?

लागूपदार्थ सेवनको मुद्दामा पुर्पक्षका लागि आर्यन खान आर्थर रोड जेलमा बसिरहेका छन् । 


Advertisement

बलिउड सुपरस्टार शाहरुख खानका छोराले जेलमा विशेष सुविधा पाएका छैनन् । अन्य कैदीले जस्तै सामान्य जीवन उनले बिताइरहेका छन् । 


Advertisement

कोभिड–१९ का नियम पालन गर्न जेलमा पाँच दिन क्वारेन्टीनमा बसेपछि आर्यनलाई पाँच अन्य कैदीसँग कमन ब्यारेकमा सारिएको छ । जेलका अधिकारीहरूले दिएको जानकारी अनुसार, आर्यनले भिडियो कलमार्फत आमाबुवासँग कुराकानी गरेका छन् । उच्च अदालतको आदेशबमोजिम कोभिड–१९ भरि कैदीहरूले हप्तामा दुईपटक परिवारसँग भिडियो कलमा कुराकानी गर्न पाउँछन् । 

आर्थर रोड जेलमा अहिले लगभग ३२ सय कैदी छन् । महामारीका बेलामा कैदीको परिवारले उनीहरूलाई सशरीर भेट्न पाउँदैनन् । फोन कलमा १० मिनेटसम्म कुरा गर्न पाइन्छ । 


Advertisement

आर्यनलाई ६ दिनअघि जेलको क्यान्टीनबाट खाना किन्नका लागि शाहरुखले ४५ सय भारुको मनीअर्डर पठाएका थिए । जेलको नियममुताबिक यति पैसा मात्र पठाउन पाइन्छ । 

आर्यन अन्य सामान्य कैदीहरू जस्तै बिहान ६ बजे उठ्छन् र ७ बजे ब्रेकफास्ट खान्छन् । 

१५ दिनअघि नार्कोटिक्स कन्ट्रोल ब्युरोले अन्य सातजनासँगै क्रुज जहाजमा लागूपदार्थ उपयोग गरिएको पार्टीमा पक्राउ गरेको थियो । उनीहरू एनसीबीको कस्टडीमा बसे । त्यसपछि उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्