३० असार २०८३, मंगलबार

कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भएपछि भारतीय नेताले व्यक्त गरे चिन्ता

असोज ३१, २०७८
कश्मीरदेखि बंगलादेशसम्म हिन्दूहरूको हत्या भएपछि भारतीय नेताले व्यक्त गरे चिन्ता

भारतको कांग्रेस पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री मनीष तिवारीले आइतवार ट्वीट गरेर दक्षिण एसियामा इस्लामिक एजेन्डाले  काम गरिरहेको बताएका छन् । 

जम्मु–कश्मीरमा गैरमुसलमानहरूको हत्या तथा बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई सन्दर्भ बनाएर उनले ट्वीट गरेका हुन् । 

उनले लेखे, ‘कश्मीरमा गैरमुसलमानको हत्या, बंगलादेशमा हिन्दूहरूको हत्या र पुंछमा नौ जवानको शहादतमा कुनै लिंक छ ? शायद छ । दक्षिण एसियामा ठूलै इस्लामिक एजेन्डाले काम गरिरहेको छ ।’

कश्मीरमा केही दिनयता आतंकवादीहरूले त्रास फैलाउनका लागि सर्वसाधारणलाई तारो बनाइरहेका छन् । ती सबै मानिस गैरमुस्लिम थिए । त्यसपछि सुरक्षाबलहरूले आतंकवादीहरूका विरुद्ध कारवाही चर्काएका छन् । 

बंगलादेशमा हिन्दूहरू तथा मन्दिरहरूलाई तारो बनाइँदैछ । एउटा हल्ला चलेपछि त्यहाँ दुर्गापूजाका पण्डालमा आक्रमण गरियो अनि देवीका मूर्तिहरू पनि भत्काइयो । बंगलादेशका कतिपय जिल्लामा हालत तनावग्रस्त छ । 

शुक्रवार मात्र इस्कोन मन्दिरमा भीडले आक्रमण गरेको छ । भीडले श्रद्धालुहरूलाई कुटपिट गरेको थियो । एक श्रद्धालुको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्