माओवादी केन्द्रको स्थायी कमिटी बैठक : पार्टी सम्मेलनबारे छलफल, भोलि निर्णय हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : पार्टी सम्मेलनबारे छलफल, भोलि निर्णय हुने

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल भएको छ । 


Advertisement

सोमवार केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको हो । 


Advertisement

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेको तर निष्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका विषयहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताए । 

‘भोलि (मंगलबार) बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र निर्णय हुन्छ,’ उनले भने, ‘एजेण्डा प्रवेश भएको छ, छलफल शुरू भएको छ ।’


Advertisement

मंगलवारको बैठकपछि मात्रै स्थायी कमिटीमा उठेका कुराहरूको निर्णय गरिने प्रवक्ता महराले बताए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्