२९ असार २०८३, सोमबार

राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

कात्तिक १, २०७८
राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि सोमवार बसेको मन्त्रिपरिषद् बैठकबाट बर्खास्त गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए ।

कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सिलवाललाई बर्खास्त गरिएको छ । उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

ओलीकै पालामा नियुक्त भएका राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका उपाध्यक्ष कल्याण रोकालाई समेत हटाउने तयारी रहेको स्रोतले जनाएको छ । ढुंगेल र रोकालाई समेत केही हप्ताअघि स्पष्टीकरण सोधिएको थियो ।

ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने क्रममा सिलवाल बर्खास्तीमा परेका बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्