२४ असार २०८३, बुधबार

डुबानप्रभावितलाई तत्काल उद्धार गर्न देउवाले गृहमन्त्रीलाई दिए निर्देशन

कात्तिक २, २०७८
डुबानप्रभावितलाई तत्काल उद्धार गर्न देउवाले गृहमन्त्रीलाई दिए निर्देशन
फाइल तस्वीर।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो र डुबान प्रभावितको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । 

सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण भएको डुबान प्रभावितहरूलाई उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका हुन् । 

केही दिनदेखि लगातार परेको वर्षा कारण विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान भएको छ । पहिरोका कारण केही व्यक्तिको पनि मृत्यु भएको छ भने केही घाइतेसमेत भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्