२९ जेठ २०८३, शुक्रबार

२२ मिनेट श्वास रोकेर देखाउने दाबी

कात्तिक ३, २०७८
२२ मिनेट श्वास रोकेर देखाउने दाबी

एक्काइसौँ पटक आफ्नै शरीरमा जमरा उमारेका साधक मनोजकुमार यादवले २२ मिनेट श्वास रोकेर देखाउने दाबी गरेका छन् ।  सप्तरीको राजविराज घर भएका ३५ वर्षीय मनोजकुमारले पछिल्लो पटक धनुषाको कमला नगरपालिका–९, लीलावतीमा आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारे । उनले लगातार २१ वर्षदेखि दशैँमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बङ्गाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताउने साधक मनोजले नेपाल यो पाँचौँ पटक भएको बताए ।  सुख, शान्ति र लोककल्याणको कामना गर्दै घटस्थापनादेखि नवमीसम्म निराहार व्रत बसेर शरीरमाथि जमरा उमार्ने गरेको उनले सुनाए ।  एक्काइसौँ पटक शरीरमाथि जमरा उमारेको सफलतापछि साधक मनोजकुमार २२ मिनेट श्वास रोकेर विश्वसामु देखाउने दाबी गरेको खबर गोरखापत्रमा छापिएको छ ।
उनले केही महिनापछि राजधानी काठमाडौँमा नेपाल सरकार तथा अरू देशका प्रतिनिधिहरूको उपस्थितिमा श्वास रोकेर देखाउने तयारी गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्