२२ जेठ २०८३, शुक्रबार

कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

कात्तिक ३, २०७८
कांग्रेसद्वारा उद्धार र राहतमा खट्न तीनै तहका सरकारलाई आग्रह

नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारलाई आवश्यक समन्वय र व्यवस्थित योजना साथ ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।
 
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पार्टीकोतर्फबाट सरकारसँग माग गरेका छन् ।
 
    कांग्रेसले प्रभावित जिल्लाका पार्टी र र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले नेता कार्यकर्तालाई उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्