२९ जेठ २०८३, शुक्रबार

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

कात्तिक ४, २०७८
नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।  

श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका निम्ति काम गर्ने र त्यसमा कर्मचारीका तर्फबाट सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराए । यसैबीच श्रममन्त्री श्रेष्ठलाई तेक्वान्दो महासङ्घले आज सम्मान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्