२५ असार २०८३, बिहीबार

बार र प्रधानन्यायाधीशबीच छलफल हुँदै

कात्तिक ७, २०७८
बार र प्रधानन्यायाधीशबीच छलफल हुँदै

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाईमा बारको कार्यसमिति आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्दै छन्।

बारका महासचिव लीलामणि​ पौडेलका अनुसार अहिले ११ बजे देखि भेटवार्ता हुनेछ।

प्रधान न्यायाधीश जबरा विभिन्न विवादका विषयमा तानिए पछि जबरा विरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिदै आएका छन्।

जबराको राजीनामा माग देखि अदालत प्रवेशमा रोक लगाउनु पर्ने, अदालतका अन्य न्यायाधीशहरूले जबराको बेन्च सेयर गर्न नहुने भन्दै कानून व्यवसायीहरूले दबाब बढाएका छन्।

त्यही सेरोफेरोमा आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच हुने संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्